Rashtriya Dainik

आयुर्वेद शाखाद्वारा बात तथा नसा सम्बन्धि बिरामीको घरमै पुगेर स्वेदन सेवा मार्फत उपचार,प्रभावकारी भएको दावी

संजय कुशवाहा / नवलपरासी ७ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्वेदन सेवा सुरु गरेको छ ।

स्वेदन सेवा कार्यक्रम अंतर्गत गाउँपालिकाको वडा न.१ देखी वडा न.९ सम्मका प्रतेक वडामा असक्त नागरिकहरूको घरदैलो मै गएर स्वेदन सेवा आयुर्वेद शाखाले सुरु गरेको छ ।

सो गाउँपालिकाको हरेक वडाहरूमा रहेका बात तथा नसा सम्बन्धि रोगबाट पीडित बिरामीहरूको घरदैलो मै पुगेर स्वेदन सेवा मार्फत उपचार गरिरहेको आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताउनुभयो ।
बात तथा नसा रोगबाट पीडित रहेका बिरामीहरू घरदैलो मै उपचार पाउदा आयुर्वेद शाखा प्रति स्थानीयहरूले खुसी भएका छन् ।
आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ ।
आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद औषधि समेत लामाे समय देखि गर्दै आएकाे हो ।

विभिन्न समयमा याेगा, नि:शुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आएकाे आयुर्बेद शाखाले जनाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित