उमेश बि.क / नवलपरासी ,७ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सीके राउत नेतृत्वको जनमत पार्टीले बाेरा सहित प्रदर्शन गरेको छ ।

जनमत पार्टी सरावल गाउँपालिका कार्यसमितिकाे अायाेजनामा सरावल पालिका संयोजक कृष्ण कान्त चौधरी ( किसान) को नेतृत्वमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले बाेरा सहित प्रदर्शन गरेका हुन् ।

किसानको माग सम्बोधन गर्न पालिकालाई दबाव , समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै अान्दाेलन गरेका हुन ।

किसानकाे मागलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अाफु किसानकाे साथमा रहेको बताउनु भएको हाे । पालिकाबाट हुने किसानको लागि बिउबिजन तथा मलखाद उपलब्ध गराइ रहेको बताउदै प्रदेश र केन्द्रबाट किसानकाे मागलाई सम्बाेधन गराउन पहल गराउने कुरामा जाेड दिनुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

