Rashtriya Dainik

कांग्रेसका नेता देवेन्द्रराज कंडेल कोरोना संक्रमित

नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेललाई कोरोना संक्रमण भएको छ। 

पार्टी सामाजिक कामको शिलशिलामा जिल्लाबाट फर्केर काठमाडौँमा आएपछि उनलाई संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कमल किशोर रायमाझीले  सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘पीसीआर परीक्षणमा सांसद समेत रहेका  देवेन्द्रराज कंडेल उनकी पत्नी तथा महासमिति सदस्य  मन्जु कंडेल र छोरा  डा आरोग्य कंडेललाई  कोभिड–१९ पोजिटिभ देखिएको उनले जनाएका छन्।  

रिपोर्ट पोजेटिभ आएपछि कंडेल अहिले काठमाडौँमा रहेको घरमा आइसोलेसनमा  छन्। कंडेलको स्वास्थ्य अवस्था सामान्य छ।  

कांग्रेसका धेरै नेताहरु यतिबेला कोरोना सक्रमणमा परेका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि संक्रमित छन्।  यस्तै, कांग्रेसका अर्का सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्य डा डिला संग्रौलालाई पनि कोरोना पोजेटिभ भएको छ।  

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित