बिनोद मण्डल माघ ७ । देशमा कोरोना(दोश्रो टाईप) संक्रमण बढिरहेको अवस्थामा गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय नवलपरासीले भीड भाड नियंत्रण गर्ने उद्देश्यका साथ जिल्लाभरी जारी गरेको सूचना एक साता नबित्दै स्थानियहरूद्धारा बेवास्ता हुन थालेका छन् ।

जिल्लामा सप्ताव्यापी रूपमा अघिदेखि लाग्दै आएको हाटबजारमा मानिसहरूको बाक्लो भीड कायमै छ भने बिना माक्स सामानको किनमेल एकातिर जारी छ भने अर्कोतिर बिना सामाजिक दूरी सामानको किनमेल भइरहेको अवस्था रहेको पाइन्छ । जिल्ला प्रशासनले निकालेको सूचना बमोजिम स्थानिय निकायले खासै ध्यान नदिँदा सूचनाको अटेर हुन् थालेका छन् ।

नवलपरासी जिल्लाको परासी ,सुनवल , भुमहि ,बर्दघाट , भटबलिया , गोपिगन्ज ,बेलाटारी ,सुस्ता लगायतका ठाउँहरुमा यतिबेला सप्ताव्यापी हाटबजार लाग्ने क्रम रोकिएको छैन । जबकि यस जिल्लामा करिब ८० बढी कोरोना संक्रमित फेला परिसकेको अवस्था रहेको पाइन्छ ।
जिल्लाको भीडलाई समयमा नियन्त्रण नगर्ने हो भने कोरोना भयाबहको स्थिति नआउन सक्ला भन्न सकिन्न । यसरी बढी भीडभाड हुन र गराउनमा स्थानिय जनतानै दोषी भएकोले समयमा संयमता अपनाउनु स्थानियको कर्तव्य हो भने स्थानिय प्रशासनले स्वास्थ्य मापडन्डका नियम कडाईका साथ लागू गराउने दायित्व भएकोले सम्बन्धित सबैले आफनो नैतिक दायित्व बहन गर्नु आजको आवश्यकता महसुस गरिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

