Rashtriya Dainik

नवलपरासी पश्चिम नाकाहरुमा जिल्लाको सुरक्षा प्रमुखसहितको टोलीद्धारा अनुगमन

बिनोद निगम / नवलपरासी/ ०६ माघ ।
पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ पर्ने महेशपुर नाकाको आज जिल्लाको सुरक्षा प्रमुख-सहितको टोलीले अनुगमन गरेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , जिल्ला प्रहरीका एसपी मनोज कुमार यादव,सशस्त्र प्रहरीका इन्चार्ज ,महेशपुर सीमा चौकीका इन्चार्ज, स्वास्थकर्मी सहितको टोलीले अनुगमन गरेको हो ।

कोरोना प्रभावित भारतबाट नेपालीहरु फर्किनेक्रम बढेको छ । ओमिक्रोन भाइरसको जोखिम बढेकाले नाकालाई व्यवस्थित गर्ने सवालमा अनुगमन गरिएको प्रमुख जिल्ला धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट फर्किने सबैलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ। संक्रमण पुष्टि भएकालाई एम्बुलेन्स मार्फत जिल्ला आइसोलेसनमा राख्ने गरिएको छ ।

जिल्लाका संक्रमितलाई पालिकाको समन्वयमा त्यही पठाउने गरिएको छ। भने जिल्ला बाहिरका संक्रमितलाई समन्वयमा त्यही पठाउने गरिएको छ ।

कोरोना नियन्त्रण र जोखिम व्यवस्थापनका सवालमा स्थानीय प्रशासनले प्रभावकारी ढंगबाट काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित