पुरन अधिकारी, पश्चिम नवलपरासी
मनकामना युवा क्लव सुनवल १० गैडाखालको आयोजनामा गत पुष २१ देखी सुरु भएको ल्होसार माघि कप नकआउट फुटवल प्रतियोगिताको उपाधि मायादेवी युवा क्लव टटेराले चुमेको छ
माघ ६ गते भएको फाईनल खेलमा सुनवल एफ .सी .लाई शुन्यका विरुद्ध २ गोल गर्दै मायादेवी युवा क्लब टटेरा विजयी भएको हो । विजेता मायादेवीले नगद रु.१ लाख ७५ हजार प्राप्त गरेको छ भने उपविजेता सुनवल एफ सीले रु १ लाख नगद प्राप्त गरेको छ ।
खेल संयोजक जित बहादुर पुनको अध्यक्षता तथा जिल्ला खेलकुद समिति नवलपरासीका उपाध्यक्ष होम भण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले क्लब र खेलाडिलाई जिल्ला खेलकुद समितिले प्रत्यक्ष निगरानी गरिरहेको र उत्कृष्ठ खेलाडि छनोट गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरी नवलपरासी जिल्लालाई फुटवलमय बनाउने बताउनुको साथै विगतमा खेलकुद क्षेत्रमा भएका त्रुटिलाई सुधार्दै लाने ,खेल प्रती खेलाडिलाई अझ सस्कत र जिम्मेवारी बनाउने उहाको भनाइ थियो ।
कार्यक्रममा जिल्ला फुटवल संघका उपाध्यक्ष मिलन गुरुगं, महासचिव सुविन्द्र कवर योगीलगायतको आतिथ्यता रहेको थियो । जम्मा १६ टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिता गत पुस २१ गते देखि मनकामना युवा क्लबको अायोजनमा सुनवल १० गैडाखालको खेल मैदानमा संचालन भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

