Rashtriya Dainik

थप १२ हजार तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

माघ ६,काठमाण्डाै – पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये ६ हजार नौ सय ८१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । थप चार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले देशभर गरी ५७ हजार तीन सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार दुई सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित