Rashtriya Dainik

सहज उपचार नपाउँदा पत्रकार विश्वकर्माको निधन, महासंघ स्तब्ध

६ माघ, काठमाडौं । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्षको अल्पायुमै निधन भएको छ ।

उनको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएको छ ।

पत्रकार महासंघका महासचिव रोसन पुरीले भने, ‘स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएका विश्वकर्माको उपचारकै क्रममा आज बिहान ३ः०० बजे निधन भएको हो ।’

महासंघ अनुसार अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । उनीले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरिरहेका थिए । सचिव पुरीले पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको बताए ।

स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित