बिनोद मण्डल/माघ ६। प्राकृतिक विपतीहरु एक पछि अर्को नेपालमा भित्री रहनु नौलो विषय होइन ।
नेपाल यतिबेला कोरोना मैदानमा लडिरहेको बेला प्राकृतिक विपतिको रुपमा आम नेपालीलाई कोशेढुङ्गा झैं सावित भएको शीतलहर नेपालका तराईका भूभागलाई बिरामी पारेका छन् भने पाहाडी र हिमाली क्षेत्रमा हिउँले आफ्नै राज्य कब्जा जमाएको बेला आम जीवन कष्टकर हुनु स्वाभाविक हो । हिउँले बाटो बन्द भए पनि स्वास्थ्य सेवामा खटिएका राष्ट्रसेवक कर्मचारी निरन्तर जनताको सेवामा लागिरहेका छन् ।
कोरोना संक्रमण बढिरहेको बेला अति आवश्यक औषधीका साथ आफ्नो ज्यानलाई मुठ्ठीमा लिएर औषधिको बाकस बोकेर हिउँका डल्लालाई चुनौती दिँदै आफनो गन्तवय यात्रा तय गरिरहेका बागलुङ रणसिंह किटेनी स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेम कुमारी केसि आफ्नो कर्तव्य पूरा गर्न हिउँमा घस्रेर यात्रा तय गरेकी छिन् । जुन यात्राले उनी अशल राष्ट्र सेवक कर्मचारी भएको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालका सबै कर्मचारी वर्गले आफ्नो जबाफदेहिता र कर्तव्य पालन गर्न केसीबाट पाठ सिक्नुपर्ने देखिनछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

