विनोद मण्डल माघ ५। अन्धकार भित्र रुमलिएको बस्ती २१ औं सताब्दीमा आएर सिरहाको कुनै ठाउँको नाम लिँदा अचम्म लाग्न सक्छ तर वास्तविकता यति बेला छर्लङ्ग रहेको पाइन्छ । समाजमा परिवर्तनका अनेकन लहरहरू नेपालमा आएपनि तराई मधेसका जिल्लाको रूपमा रहेको सिरहामा यसको प्रभाव नपरेको सुन्दा अपत्यारिलो लाग्नसक्छ तर वास्तविकता आफ्नै भुमरीमा रुमलिएको अवस्था रहेको पाइन्छ । नेपालमा पञ्चायती व्यवस्था ,बहुदलीय व्यवस्था , लोकतन्त्र ,गणतन्त्र जस्ता परिवर्तनको अनुहार कागजमा देखिसकेका सिरहाका यस्तो ठाउँ जहाँ अहिलेसम्म परिवर्तन देखिएको छैन । नेपाली राजनीतिक परिवर्तनका क्रममा आश्रय थलोको रुपमा शरण लिने ठाउँमा आजसम्म किन परिवर्तन र विकास भएन होला एउटा चिन्ताको विषय बनेको छ । सिरहाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी 3 तथा हाल धनगढीमाई १४ अन्तर्गतका बस्तीहरू मडयान , मोतीश्री , पल्लार , देउसे , महाजनी , दलमे , खुट्टी , मैनी खोला , चट्टान , अमले ,गागण ,रैनि खोला ,सरे , अमिल्टार , हातिढुगा लगायतका वस्तीमा करिब २५०० घरधुरी रहेका छन् तर सबै ठाउँमा बिजुली बत्ती , बाटोघाटो ,सञ्चार आदिको अभावले यतिबेला यहाँको जनताले नारकीय जीवन बिताएपनी सरकार मौन बसेर बेखवर हुनु चिन्ताको विषय बनेको छ । अत्यन्त कष्टमय जीवन बिताउन विवस यहाँका जनताको लागि वर्षाको समय प्रत्येक वर्ष कोशेढुङ्गा बनिरहेको छ । महेन्द्र राजमार्गदेखि १५ किलोमीटर उत्तरमा पर्ने यस वस्तीमा आवत जावत गर्नको लागि खोला नाला पार गर्नुपर्ने बाध्यताका बीच उभिएको वस्तीमा बर्सेनि अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको अवस्थामा स्थानिय निकाय अर्थात् स्थानिय सरकारको ध्यान मोडिन नसक्नु चिन्ताको विषय बनेको छ । गरिबी र पछौटे जीवनशैलीमा जीवन बिताइरहेका यहाँका जनतालाई मोहरा बनाई चुनाव जित्ने नेता पार्टी कार्यकर्ताहरुको मजाक उडाउने ठाउँको रुपमा रहेको यस ठाउँमा आम सञ्चार प्रविधि पुग्नुपर्ने अवस्था रहेको पाइन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

