Rashtriya Dainik

एकैदिन १० हजार २५८ संक्रमित थपिए, काठमाडौं उपत्याकामा मात्र ५५४९

काठमाडौँ,  ४ माघ

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १० हजार २५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ मा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा गरी सो संख्यामा संक्रमित भेटिएको हो।

यस्तै, कोरोनाबाट २४ घन्टामा १ जनाको मृत्यु भएको छ। संक्रमणमुक्त हुनेको संख्या ५६२ रहेको छ।

सोही क्रममा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जनामा नयाँ संक्रमित थपिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित