निश्चल नरेश बोगटी माघ ०४ गायक जीतेश थापा र मेलिना मैनालीको आवाजमा सुसज्जित `ओई साइली´ बोलको गित सार्वजनिक भएको छ । युवा गितकार रोहित बिष्टको लय तथा शब्दमा तयार भएको सो गित सोमबार म्युजिक दरबार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा आर्थिक रुपले धनी गरिब जे जस्तो भएपनि साचो प्रेम गर्नेहरुको माया एकदिन अवस्य सफल हुन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । माया भनेको संसारको जो सुकै मान्छेलाई नभई नहुने कुरा हो, जस्ले चोखो माया गर्छ उस्ले कहिले पनि धनी,गरिब,जात,धर्म केही पनि हेर्दैन भन्ने कुरामा गितकार रोहित बिष्टले आफ्नो मनको भाव गित मार्फत पोखेका हुन् । ओई साइली गितको एरेन्ज तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन् भने गितको निर्देशन रायन आचार्यले गरेका छन । यस्तै सो गितमा रायन आचार्य,ज्योति पाण्डे,रोहित बिष्ट,साइसा केसी,आरध्या आर.एल.डिसि,एल्भिन आचार्य र रुपेन्द्र बरधोज थापालाई देख्न सकिन्छ । गितको छायांकनमा आयुश जोशी र भिडियो सम्पादन तथा भिडियोमा कलर मनोज कार्कीले भरेका छन् । केही समय अघाडी मनकी रानी बोलको गित दर्शक सामु पस्केको उक्त टिमले नयाँ गित ओई साईलीलाई सार्वजनिक गर्दै दर्शकहरूलाई भिडियो हेरेर प्रतिक्रिया दिनहुन् समेत आग्रह गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।