बिनोद मण्डल माघ ३ । पक्षीम नवलपरासीको परासी स्थित मालपोत कार्यालय अगाडि लेखापढी व्यवसायीको रूपमा काम गर्दै आएका बर्दघाट नगरपालिका वडा नं ९ भुतहाका ३६ वर्षिय उमाशंकर गिरीको गाडीको ठक्करबाट आज बेलुका ज्यान गएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पछिमम नवलपरासी का उपाध्यक्ष समेत रहेका गिरी आफ्नो काम सकेर घरतर्फ जादैगर्दा पूर्व पश्चिम राजमार्गको हरकटामा गिरी सवार मोटरसाइकल लु ५४ प १२२ लाई उक्त दिशातर्फ आउदै गरेको माइक्रो बस लु १ ख ७१७९ ले ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीलाई जिल्ला अस्पताल परासी स्थित पृथ्वी चन्द्र पुर्याएपछि डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ भने चालक र गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बुझिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

