सहबान अन्सारी/नवलपरासी, ४ मंसिर नवलपरासीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु ४ जना घाईते भएक छन । सरावल गाउँपालिका वडा नं. १ बासा चोक स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश ३-०१- ०२३ च ५७६६ नम्बरको बलोरो पिकअपले बिपरित दिशाबाट आउदै गरेको लु १ ह ८१० नम्बरको आटो रिक्सालाई ठक्कर दिदाँ आटो रिक्सामा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ बस्ने ५५ बर्षिय दुर्गा बहादुर बिक को मुत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका बिकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । साथै आटो रिक्सा चालक सोही ठाउँ बस्ने ३६ बर्षिय जगराम चौधरी सोही आटोमा सवार सोही ठाउँ बस्ने दुर्गा बिक, सन्त कुमारी बिक, फुलमाया बिक घाईते भएका छन । दुर्घटनामा परि घाईतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।