नवलपरासी / ४ मंसिर नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक पत्रकार नारायण शर्मा कोरोना संक्रमित भएका छन। कार्तिक २७ गते गैडाकोटमा लिईएको स्वाबको पोखरामा गरिएको परिक्षणमा ३० गते रिपोर्ट पोजेटिभ आएको शर्माले राष्ट्रीय दैनिकलाई जानकारी दिए।पोजेटिभ देखिए लगत्तै आवश्यक स्वास्थ्य मापदण्ड अपनाई आफू होम आईसोलेसनमै रहेको र आफुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नरहेको शर्माले बताए। शर्मा बिगत लामो समयदेखि नवलपरासीबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल रहदै आएका एक कुशल पत्रकारको रुपमा स्थापित छ्न।शर्माले नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन। आफुमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिए पनि अग्रपङ्तीमा रहेर काम गर्ने पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायत आम नागरिकलाई समेत आवस्यक सुरक्षा मापदण्ड अपनाएर मात्र दैनिक गतिविधि सन्चालन गर्न समेत उनले आग्रह गरेका छन। आफू दैनिक रुपमै चिकित्सकको परामर्शमै रहेको र छिटै नै यसलाई परास्त गरि नियमित कार्यमा फर्किने बिस्वास ब्यक्त गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।