बर्दघाट सम्बादाता
बर्दघाट नगरपालिका वडा नम्बर १६ ले बर्दघाट १६ मा रहेको गुल्मेली बाजा समुहलाई १ लाख ५० हजार रकमको एक सेट पन्छे बाजा हस्तान्तरण गरेको छ।मौलिकताको संरक्षण गर्दै स्थानिय स्तरमा रहेको पहिचान लोप नहोस भन्ने उदेश्यका साथ बाजा हस्तान्तरण गरिएको वडा अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिनु भयो ।त्यसै गरि वडा कार्यालयले पारिजात आमा समुहलाई एक लाख मुल्यका भाडा सेट हस्तान्तरण गर्नुका साथै दलित समुदायका बिपन्न महिलाहरुका लागि एक लाख मूल्य बराबरका सात थान सिलाई मेसिन बितरण गरिएको अध्यक्ष गुरुङ्ले जानकारी दिनु भयो।
सामाजिक रुपमा आयोजना हुने बिविध कार्यक्रमहरुका लागि समुहगत रुपमा भाडा प्रयोग गर्न पाउदा गाउघरमा निकै सहज हुने हुदा आमा समुहलाई भाडा उपलब्ध गराईएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
साथै दलित बिपन्न महिलाहरुको जिविकोपार्जन र उधमशिलतामा बिकास होस पारिवारिक रुपमा महिलाहरु आफ्नै शिपमा निर्भर रहुन भन्ने उदेश्यका साथ सिलाई मेसिन बितरण गरिएको गुरुङले बताउनु भयो।लक्षित समुदायका निम्ति वडाले विभिन्न क्रियाकलापहरु सन्चालन गर्दै आईरहेको र त्यस्ता समुदाय प्रती सक्दो सहयोग उपलब्ध गराईने उहाले जानकारी दिनु भयो।सामाग्री प्राप्त गरे पश्चात् उनिहरुले अध्यक्ष गुरुङले सबै समुदायलाई समेट्ने प्रयास गरि विभिन्न सामाग्री पाउँदा आफुहरु निकै खुसी भएको बताएका थिए । कार्यक्रममा वडा सदस्यहरु र स्थानियको सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

