उमेश बि.क/ नवलपरासी , २७ पुस
पश्चिम नवलपरासीको महेसपुर भन्सारले ५ महनिामा १० करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड ४२ लाख २८ हजार ५५१ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । महेसपुर भन्सार छोटीबाट मुल भन्सार भएपछि राजस्व वृद्धि हुदै गएको हो ।
कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैया, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैया, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैया रहेको जानकारी दिएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तशुल्कबाट २३ लाख ८१ हजार २१५, मुल्य अभिबृद्धि करबाट २ करोड ६९ लाख ४९ हजार ७७८ र आयकरबाट ५ लाख ४३ हजार ४९७ रुपैया गरि कुल १० करोड ४२ लाख २८ हजार ५५१ रुपैया संकलन भएको भन्सारले जनाएको छ । कार्यालयले मंसिर महिनामा मात्र १ करोड ४९ लाख ३८ हजार ७०३ रुपैया राजस्व संकलन गरेको छ ।
यस नाकाबाट, खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, भुँस, कोईला, किराना तथा कास्मेटिकका सरसामानहरुको पैठारी हुने गर्दछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

