बिनोद मण्डल पुस २६ । बदलिँदो परिस्थितिमा राजनीतिक उथल पुथल हुनु स्वाभाविक हो । नेपालको इतिहासमा बिपी कोइराला नेतृत्वको सरकारलाई जननिर्वाचित पहिलो सरकारको रूपमा लिइन्छ । जननिर्वाचित सरकारको पहिलो सम्झौताको रूपमा गण्डक सम्झौता लाई मानिन्छ । बिपी कोइराला नेतृत्वको सरकार गठन भएको करिब १ महिना नबित्दै भारतीय तत्कालिन प्रधानमन्त्री नेपाल भ्रमणको क्रममा आउँदा गण्डक बाँधलाई प्रार्थमिकतामा राखेर नेपाल सरकारलाई मनाउने प्रयास गरे आफ्नो भनाई नमाने गण्डक बाँध भारतीय भूमिमा निर्माण गर्ने धम्की दिएका थिए ।
यता अंग्रेज शाषकहरुले गण्डक बाँध निर्माण गरेर सिँचाइ गर्ने विचार सन् १९७० मा नै गरेका थिए । भने भारतको पंचवर्षीय आयोजनामा गण्डक बाधको कुरा समावेश गरिएको थियो ।
सन् १८१६ मा भारतको बिहार राज्यमा अनिकाल परेपछि अगाडि सारिएको गण्डक सिँचाइ आयोजनाको सम्झौता उपप्रधानमन्त्री सुवर्ण सम्शेर जबरा र भारत सरकारको तर्फबाट तत्कालिन राजदूत भगवान सरायले सन् १९५९ डिसेम्बर ४( विक्रम सम्वत २०१६ मंसिर १९ गते काठमाडौंमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् १९४६ मा भारतका तत्कालीन केन्द्रीय कृषि मन्त्री डा राजेन्द्र प्रसादले बिहार सरकारलाई गण्डक नदीको विकास गर्ने मनसायले एक पत्र लेखे जसमा भारतको सारन ,चम्पारन , मुझ्परपुर ,गोरखपुर ,तथा नेपालका केही भागलाई सिँचाइ सम्भाव्यताको अध्यनको लागि अनुरोध गरिएको थियो । जसको अध्यनको लागि भारत सरकारले पंजाब सिचाइ अायाेजना विभागका वरिष्ट इन्जिनियर एम. पी. महेशलाई पठाई उनकै संयोजकत्वमा गण्डक ब्यारेजको खाका कोरियो ।
सम्झौता भएको ५ वर्षमै अर्थात् २०२१ सालमा गण्डक ब्यारेजको निर्माण सम्पन्न भएको थियो । सम्झौताको धारा १३ मा रहेको प्रावधानलाई हेर्दा
क- गण्डकी नदीमा ब्यारेज , तटबन्ध ,निर्माणका निम्ति ठूलो नेपाली भूभागमा २००(, दुई सय) वर्षका निम्ति भारतलाई दिनुपर्छ ।
ख- आयोजनाबाट भारतले बिहारको १८ लाख ५० हजार हेक्टर जमीन सिचाइ गर्न पाउँछ भने नेपालले ४० हजार हेक्टर जमीन सिचाइ गर्न पाउँछ ।
ग- नेपालको सुरजपुरामा ५५ लाख किलो वाट विद्युत उत्पादन गरिन्छ र त्यसबाट १० हजार किलोवाट विद्युत नेपालले किन्नुपर्छ ।
घ- आयोजनालाई चाहिने पानीको मात्रामा कमी आउने गरी त्रिशुली ,बुढीगण्डकी ,सेती ,कालीगण्डकी र मर्स्याङ्दी लगायतका नदीका मुलमै क
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

