तुलसी राम पौडेल
अमवा, पौष २४
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित समीप बचत तथा ॠण सहकारी सस्था लिमिटेडको ९ औ वार्षिक साधारण सभा सम्पन्न भयो ।सस्थाका जेष्ठ शेयर सदस्य लालमणी मरासिनीले एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।
सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ६० लाख ३८ हजार ८ सय ११ रुपैयाँ विशुद्ध नाफा गरेको छ।
आफ्ना शेयर सदस्यलाई १२% लाभांश वितरण गरेको छ। यस सस्थामा शेयर सदस्य ९९५ जना रहेका छन् ।जस अन्तरगत ५०६ जना महिला र ४८९ जना पुरुष रहेका छन् ।यस सस्थाको आर्थिक वर्ष ०७७/०७८ मा कुल शेयर पूंजी ३ करोड १८ लाख ४४ हजार ८०० रुपैया छ भने बचत ५ करोड ७३ लाख २७ हजार ३ सय ९७ रुपैयाँ भइ ॠण लगानी रु ७ करोड ८ लाख ६६ हजार ६ सय ४७ गर्न सफल भएको छ।
यस सहकारीले आन्तरिक तथा बाह्य शेयर खुल्ला गरी आगामी आर्थिक वर्ष ०७८/०७९ मा सन्ख्यात्मक रुपमा दुई हजार जना शेयर सदस्य पुर्याई शेयर चुक्ता पुजी ४ करोड पुर्याउने लक्ष्य लिएको छ।
कार्यक्रम सस्थाका अध्यक्ष माधब नेपालको अध्यक्षता र सल्लाहकार एवं जेष्ठ शेयर सदस्य लालमणी मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थापक सचिव मथुरा यादव ,पुर्व कोषाध्यक्ष हरिद्वार गुप्ता ,सल्लाहकार ध्रुब नेपाल ,कृषि विज्ञ चन्द्रबहादुर जिसी,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक , मैनहिया माविका शिक्षक नारायण काफ्ले लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सस्थाका अध्यक्ष माधव नेपालबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष नरेश्वर गौतमबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक भगवती नाउबाट लेखा प्रतिवेदन प्रस्तुत , सस्थाकी व्यवस्थापक इन्द्रा रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालम कार्यसमिति सदस्य केशव अधिकारीले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

