उमेश बि.क / नवलपरासी ,२३ पुस थारु भाषाकाे गित “आइल माघ महिना..दिल होगैल दिवाना ” बाेलकाे थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। “B&G Entertainment youtube channel युट्युब च्यानल मार्फत शुक्रबार गित सार्वजनिक गरिएको हो । छ मिनेट पचास सेकेन्डकाे यस गितमा बहु चर्चित थारु गायक सरगम चौधरी , समिक्षा चौधरी ,नबोदित गायक घनश्याम सेन्चुरी र निरु चौधरीको स्वर रहेको छ भने सरगम चौधरीको शब्द संगीत रहेको छ। म्युजिक भिडियोमा थारु माेडल बिरु चौधरी ,रचना चौधरी , राजन चौधरी , किरण चौधरीको बेजाेड प्रस्तुति रहेकाे छ। यो गितमालाई अशोक परियारको निर्देशन एवम् अभिषेक सेनकाे कोरिओग्राफी रहेको छ। सफलता माथी सफलता पाउदै आइरहेको थारु माघी गित “अबकी माघिमे “, त्यसपछि “चलो हो छैली माघी मनाए” र अब भने यस वर्ष पनि चारै तिर घन्किदै गरेको “आइल माघ महिना..दिल होगैल दिवाना ” भन्ने बोल्को गितले सबैलाई झुमाने गरि छायांकन गरिएको गायक सरगम चाैधरीले बचाउनु भएको छ। गितको छायांकन नवलपरासिको सिसहनिया लगायत विभिन्न भएको हाे । थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने तथा थारु संस्कृति र संस्कारलाई संरक्षण एवं सम्बर्द्धन हुने माेडल राजन चाैधरीले बताएका हुन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।