Rashtriya Dainik

सामाजिक स्वस्थ्यको आमने सामने बैठक सम्पन्न

बिनोद निगम/ नवलपरासी/२३ पुस।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ रमपुरवाकाे कार्यालय सभाहालमा सामाजिक स्वास्थ्य क्षेत्रको जनता र स्वस्थ्यकर्मीको अपने सामने बैठक सम्पन्न भएको छ।

इन्द्रेणी सामाजिक विकास मञ्चको एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना अन्तर्गत स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्न यो कार्यक्रम संचालन गरिएको हो।

रमपुरवा स्वास्थ्य चौकीको आयोजना तथा इन्द्रेणी सामाजिक विकास मञ्च र यु एम एन, ट्रान्सर्फ ऐड,अस्ट्रेलियन ऐडको आर्थिक सहयोग सहकार्यमा सञ्चालन गरीएको थियो।

एच आई भी प्रशारण तथा रोकथाम,यौन स्वास्थ्य,यौन तथा प्रजनन स्वास्थ्य अधिकार,लैङिता,गर्भ निरोधक तथा परिवार नियोजनका आदि विभिन्न रोगहरूको बारेमा बैठक सम्पन्न भएको थियो ।

कार्यक्रममा रमपुरवा स्वस्थ्य चौकीका इन्चार्ज शिव नारायण चौधरीको अध्यक्षता तथा पाल्हिनन्दन स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेलको प्रमूख अतिथिकतामा सम्पन भएको हो ।

कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यक्रम सँयोजक ज्ञानेश्वर भण्डारी ,सपना श्रेष्ठ ,समाजिक परिचालक सन्दिप वि.क,राधेरमण पाण्डे,स्वासथ्यकर्मी रामानंद पटवा,प्रमोद पटेल,पत्रकार विनोद निगम लगायतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित