उत्तमकुमार थापा बझाङ
जिल्लामा चल्ने छोटो तथा लामो दुरिका यातायात साधनले मनोमानी भाडा असुल्न थालेको गुनासो बढेपछि यातायात साधनहरुमा अनुगमन गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीको माेहन अधिकारीकाे नेतृत्वको टोलिले जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो ।
जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधन हरुले मनोमानी भाडा असुल गरेको जनगुनासो आए पछि प्रमुख जिल्ला अधिकारी महोन अधिकारीको नेतृत्वको टोलिले छड्के अनुगमन गरेको जनाएको छ ।
जिल्लाको जयपृथ्बी राजमार्ग अन्तर्गतको सिमखेतमा उक्त टोलिले बढी भाडा लिने बस जिपहरु र रातो नम्बर पिलेटका गाडिले समेत भाडामा यात्रु ओसारेको भन्दै कार्वाही गरेको बताईएको छ ।
जयपृथ्बी राजमार्गको सिमखेतमा प्रमुख जिल्ला अधिकारीको टोलिले जिल्ला प्रसासनले निर्धारण गरेको भन्दा बढी भाडा असुल गर्ने जिप र रातो नम्बर पिलेटमा यात्रु ओसारपसार गर्ने गरेकाे भन्दै ६ वटा गाडिलाइ कार्वाही स्वरुप जरिवाना असुल गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

