उत्तमकुमार थापा
बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे सरुवा भएको छ ।
बझाङ जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीकाे सरुवा भएको हाे । विगत लामाे समय देखि बझाङ जिल्लाकाे बसाइँमा प्रमुख जिल्ला अधिकारीकाे भुमिकामा रहदै जिल्लाकाे शान्ति सुरक्षा,बिकास निर्माण देखि विभिन्न स्थानमा सहयाेग गर्दै आउनु भएका उहाँको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयाेग काठमाडौमा सरुवा भएको हाे ।
दुर्गम जिल्ला बझाङमा रहेर पछिल्लो समय बेमौसमी बाढी पहिराले जिल्ला निकै क्षेदविक्षेद बनाएको अबस्थामा पनि उहाँको पहलमा ठुला ठुला बिकास निर्माणका सडक सञ्जालहरु सञ्चालनमा आएका थिए । उहाँको बिशेष पहलमा जयपृथ्वी राजमार्ग जालेवगर त्यसै गरि विकासका अन्य कामहरुमा तिव्रताका साथ काम हुने गरेको थियाे ।
जिल्लामा रहेका विकास निर्माण गाउँमा भएको भ्रष्टाचार ठगिएको मजदुरहरुकाे पैशा तिराउने देखि अन्य स्थानमा सचेत गराउदै आएका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी सरुवा भने अख्तियार दुरुपयोग अनुसन्धान आयाेग काठमाडौमा भएको हाे । उहाँ सक्षम कुसल ईमानदार अधिकृतकाे रुपमा चितपरिचित रहनुभएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

