दुवै मृगौला पिडित राम प्रसाद चौधरीकाे उपचारको लागि सहयोगको अपिल

उमेश बि.क / नवलपरासी ,३ मंसिर

दुवै मृगौला फेल भएर पीडित बनेका राम प्रसाद चौधरीलेले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् !

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ सालवासका ४९ बर्षीय राम प्रसाद चौधरीको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।https://youtu.be/wV6saUqHnO4

विगत एक वर्ष पहिले दुबै मृगौलाले काम गर्न छोडेको थाहा पाएसंगै राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

चौधरीले आफुबाच्न चाहेको भन्दै सबैसंग सहयोग मागेका छन् । विगत एक वर्ष पहिले उपचारका क्रममा आफ्ना दुबै मृगौलाले काम गर्न छोडेको थाहा पाएसंगै उपचारको खोजीमा भौतारीएका राम प्रसाद अहिले आर्थिक अभावका कारण सबैसंग आर्थीक सहयोगको माग गरेका छन ।

त्यसैगरी कुनै मृगौला दान गर्ने दानविर र आर्थिक सहयोगी पाईन्छकी भन्दै सबैसंग हारगुहार गरीरहेका छन् ।

सानै देखि मिस्त्री पेशा गर्दैआएका रामप्रसाद केहि वर्ष यता ठेकेदार समेत बनेका थिए । एक्कासि आफु विरामी भएर उपचार गर्दा दुबै मृगौला फेल भएर डायलोसिस गर्दै आएका राम प्रसादले अहिले हप्तामा दुई पटक डायलोसिस गर्दै आएका छन् । डाईलोसिसको एक पटकमा करिव ६ हजार खर्च लाग्ने भएकाले आफुसंग तत्काल उपचार गर्न समेत समस्या भएको भन्दै उनले सबैसंग सहयोगको अपेक्षा गरेका हुन ।

केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित चाैधरीले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिरहेका चाैधरीको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका चाैधरीले दिनरात कामगरी साझकाे चुल्हाे जल्थ्याे । तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

दुबै मृगौला प्रत्यारोपण गर्न ३० देखि ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका छाेरी निर्मला कुमारी चाैधरीले रूदै बुवाकाे ज्यान बचाई दिन सबैलाई आग्रह गरेकी छिन् ।

निर्मला कुमारी चाैधरीको नाममा रहेको एन अाई सी एसिया बैंकको खाता नं.8387891243524001 मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै राम प्रसाद चौधरीकाे फोन नं. 9807548325 र छाेरी निर्मलाकाे फाेन नम्बर 9819441788 मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिएका छन।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot