राजन कुमार बानिया/पर्सा १७ पुस
आर एम केडिया अाँखा अस्पताल परवानीपुर र पोखरिया नगरपालिकाको सहयोगमा र सभ्य तालिम केन्द्र प्रा.लि पर्साको आयोजनामा आज एक दिने निशुल्क अाँखा शिबिर पर्साको पोखरिया नगरपालिका वडा नं ४ पोखरियामा सम्पन्न भएको हो।पोखरिया नगरपालिका को वडा नं ४ मा रहेको जिल्ला उचागल रामदेव कलवार उच्च माध्यमिक बिधालय को हल मा आयोजना गरिएको निशुल्क अाँखा शिविरमा ३ सय २६ जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय २२ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी र ६० जना महिला हरु लाई चस्मा समेत वितरण गरिएको थियोे । निशुल्क अाँखा शिबिर मा मोतियाबिंदु फेला परेका हरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्था ले जनाएका छन।
निशुल्क अाँखा शिबिर पोखरिया नगरपालिका का नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अँखा अस्पताल का चिक्तिसक राजदेव साह, शिवशंकर प्रसाद, संतोष साह,लालबाबु मण्डल,चनरमन पटेल लगायत ले अँखा का रोगी हरु लाई चेकजाच गरेका थिए।
निशुल्क अँखा शिबिर मा नगर प्रमुख रौनियार ले महिला हरु लाई अौषधी र चस्मा बितरण गर्नु भएको थियोे । निशुल्क अाँखा शिबिर कार्यक्रम मा पत्रकार लालबाबु बानिया, वाल्मीकि प्रसाद साह,नरेन्द्र साह, अमोद कुमार केवट , वडा नं ३ का सचिव हजारी यादव,राजु रौनियार, शिक्षक महम्द गनी अंसारी , लगायत को सहभागिता रहेको थियो।निशुल्क अँाखा शिबिरमा मोतियाबिन्द रोगी हरु लाई निशुल्क अप्रेसन हुने आयोजक संस्था ले जनाए का छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

