उमेश बि.क /नवलपरासी , १६ पुस थारु भाषाकाे गित “हाए रे हाय रे दिल धडकाएरे” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । “Pc Nepal ” युट्युब च्यानल मार्फत शुक्रबार गित सार्वजनिक गरिएको हो । छ मिनेट पाच सेकेन्डकाे यस गितमा सर्वाधिक लाेकप्रिय गायिका अन्नु चाैधरीले र गायक पहलाद चाैधरी (पिसि थारु)ले स्वर दिएका छन् । गितकाे म्युजिक भिडियोमा मुख्य भूमिकामा उपेन घर्ती मगर, नेहा चौधरी ,अजय चौधरी र किष्ला चौधरीकाे बेजाेड प्रस्तुति रहेकाे छ। A plus रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको उक्त गितको छायांकन नवलपरासीको त्रिवेणी लगाएत विभिन्न पर्यटकीय तथा रमणीय स्थानमा गरिएको हाे । गितकाे छायाँकन सुरज पाण्डेयले गरेका छन् भने म्युजिक भिडियाेकाे निर्देशन एवम् काेरियाेग्राफी लाेक जि मिजारले गरेका हुन् । माया प्रेम प्रसंग जाेडिएर गित तयार पारिएको गायक पहलाद चौधरीले बताउनु भएको छ । थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने गायक चौधरीले बताएका हुन । हेर्नुहाेस् भिडियाे . . . . . राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।