Rashtriya Dainik

सरावलमा पालिका स्तरीय निजामती कर्मचारी युनियन गठन

उमेश बि.क / नवलपरासी ,१६ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियनको पालिका स्तरिय समिति गठन भएको छ ।

पालिकाको सभाहलमा जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष केशव तिवारीकाे अध्यक्षतामा सन्चालित प्रथम पालिका अधिवेशनबाट राजन बस्यालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा कुलदिप नारायण मिश्र (खुला) र मिना हरिजन (समावेशी) निर्वाचित हुनु भएको छ भने सचिवमा राजेश यादव निर्वाचित भएका छन् । त्यस्तै काेषाध्यक्षमा रंगिला चौधरी, सदस्यमा बन्दना श्रेष्ठ , साेनिया चौधरी, माेहन चौधरी, अमर सिंह कुर्मी , अशाेक कुमार पाण्डेय,रामशरण धाेबी, मनाेज कुमार पाण्डेय, गणेश अर्याल ,संताेष सिंह राय र निरज प्रजापति निर्वाचित हुनु भएको छ ।

त्यस्तै नेपाल निजामती कर्मचारी युनियनकाे सल्लाहकारमा अाेम नारायण देवकोटा ,खेम नरायण खनाल र ठानेश्वर पाण्डेयलाई सर्वसहमत चयन गरिएको छ।

युनियनको विधान अनुसार २ जना अध्यक्षबाट मनोनित हुने व्यवस्था रहेकोले सोहि अनुसार कार्यसमितिको पूर्णता दिइने नवनिर्वाचित अध्यक्ष राजन बस्यालले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसका नेता एवं सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय , नेपाली काङ्ग्रेस सरावल पालिका कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेय ,नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष बाबुराम तिमिल्सिना लगाएतले नवनियुक्त पदाधिकारीलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे । कार्यक्रममा पालिकामा कार्यरत यूनियनमा आवद्व कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन खेम खनालले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित