Rashtriya Dainik

सडकको मध्य भागमा बनाइएको संरचना स्वर्गलोक एक्सप्रेस

बिनोद मण्डल पुस १५ । नेपालको एक मात्र लोकमार्ग महेन्द्र हाईवेकाे पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरसर्ती हेर्दा ठाउँ ठाउँमा मूल सडकमा विभिन्न शालिक ,मन्दिर आदिको निर्माण भएको छ । सांस्कृतिक एवं धार्मिक र राजनीतिक हिसाबले बनाइएका सालिकहरू सडक अवरुद्धका बाधक मानिन्छ । बारम्बार सडक दुर्घटना हुँदा पनि ती संरचनाहरु मौन सहमतिमा यथावत रहेका छन् जसले गर्दा गाडी दुर्घटनाको सास्ती आम मानिसले भोग्न बाध्य भएका छन् ।

बर्सेनि दर्जनौं दुर्घटना र अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । सार्वजनिक चासोको अत्यन्त गहकिलो विषय सडक तामझाम देखाउने थलो नभएर प्रत्येक सडकको चौक चौराहामा सुरक्षित वातावरणको सिर्जना आजको आवश्यकता रहेको छ । सडकको अवस्था हेर्दा सडकमा बनाइएका भौतिक संरचनाको निर्माणले सजिलै स्वर्ग पुग्न सकिने वातावरणको सिर्जना हामी आफैले गरेका छौं ।

राजनीतिक इतिहासमा सडक शक्ति प्रदर्शन गर्ने थलो भएको छ साथै शहीद गेट सहिद पार्क र नेताको शालिक स्थापना गर्ने ठाउँ भएको अवस्था रहेको छ ।

धार्मिक आस्थाका हिसाबले देवी देवताको मठ मन्दिर बनाउने असल वातावरण भएको ठाउँको रूपमा सडकलाई मानिन्छ ।सडक मिचेर भौतिक संरचनाको निर्माण गर्दा मौन सहमति दिने स्थानीय निकाय र सडक विभाग मुख्य दोषी मानिन्छन् ।
सिरहाको लहान नगरपालिकाको सहिद चोकमा बनाइएको सहिद पार्क र सिरहा चोहर्वा सडखण्डमा पर्ने नरहास्थित मुख्य सडकमा निर्माण गरिएको हनुमान मन्दिर एउटा हिसाबले आफ्नो ठाउँमा ठीक होला तर दुर्घटना समीप रहेको यस्ता संरचनाको व्यवस्थापनमा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण आजको आवश्यकता महसुस गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित