Rashtriya Dainik

“ताेर पायलके झन्कार” बाेलकाे थारु गितको छायांकन पुरा (भिडियो सहित)

उमेश बि.क / नवलपरासी , १३ पुस

भर्खरै केही दिन अगावै नयाँ थारु गित “ताेर पायलके झन्कार दिल लेगइल हमार “को म्युजिक भिडियोको छायांकन पूरा भएको स्रोतले जनाएको छ ।

सरगम चाैधरीको शब्द/संगित रहेको उक्त गितमा अन्नु चाैधरी र सरगम चाैधरीकाे स्वर रहेको छ । गायक सरगम चाैधरी र अन्नु चाैधरी यस अघि पनि थुप्रै गित गाइसकेका छन । अहिले उक्त गितको मिक्सिङ्ग कार्य जोड तोडको साथमा चलिरहेको छ ।

यस गितमा चर्चित कलाकार तथा मोडल गंगेश्वर चौधरी र मन्नु थारुकाे अभिनय देख्न सकिन्छ । यसअघि गंगेश्वर चौधरीले थारु थुप्रै गितमा समेत अभिनय गरिसकेका छन ।

उक्त गितको छायांकन सुभम निरज थारुको छ भने यस गितको निर्देशन चर्चित निर्देशक अशाेक के परियार तथा काेरियाेग्राफी अभिशेष शेनले गरेका छन । यो गितमा दर्शकले खोजेको जस्तो पाउने युनिटले जनाएको छ ।

नवलपरासीको सरावल, गाेबरहिया तथा जावामा छायांकन गरिएको उक्त गितमा गंगेश्वर चौधरी र मन्नु थारुको अभिनयले झनै यो गितलाइ आकर्शक बनाएको स्रोतको दावी समेत रहेको छ । 
यो गित माघि अघिनै लड बुद्ध फिल्म प्राेडक्सन युटुब च्यानलबाट बजारमा आउने जानकारी प्राप्त भएको छ । आशा गरौं उक्त गितले सबैको मन जित्न सकोस । यो गितलाइ एक चोटि भएपनी हेर्न अनुरोध युनिटले गरेका छन ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित