महेश सिंह /सिरहा लहान ९ पुष – मधेस आन्दोलनमा अहम् भुमिका निर्वाह गरेका सुरेन्द्र साहले जसपा नेपालको केन्द्रियमा चयन भएका छन्। राजनीति प्रतिभाको धनी भने चर्चित साह उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी नेपालको केन्द्रिय सदस्यमा छ्नोट भएका छन्।
मधेस र मधेसी जनताको हक अधिकारको लागी सदैब अवाज उठाउदै आएका नेता साह राजनीतिमा निकै पछाडि पर्दै आएका थिए। मधेस आन्दोलनमा संगै राजनीतिमा सकृय भएका नेताहरु मन्त्री मण्डल समेत बन्न पुगेका छन्।
नेता साह बिचार र बौद्धिक राजनीति प्रतीभामा असल राजनीतिकर्मीको रूपमा निखारीएका हुन्।
नेता साह बालयकाल देखि राजनीतिमा सकृय रहेका छन्। अधिकारबाट बन्चितीकरणमा परेका समुदाय र समाज परिवर्तन,देशमा भ्रष्टाचार उन्मुलन गर्न हजारौं स्व्च्छ ब्यक्तीहरुलाई राजनीतिमा सकृय गरेका ब्यक्ती हुन्।हजारौं राजनीतिकर्मी ब्यक्तीहरुले नेता साहलाई राजनीति गुरु भन्ने गरेका छन्।
देशमा भ्रष्टाचार र समाज परिवर्तन गर्न सुरेन्द्र साह जस्तो नेताको देशमा खाचो रहेको छ। नेता साह पदको लागी कहिले आफू स्वार्थी हुन् पुगेन्न उनी बिचारको राजनीति गर्दै पछाडि परेका थिए। नेता साह वास्तवमा बौद्धिक राजनीतिकर्मी हुन्। नेता साहले जसपा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन। सुरेन्द्र साहलाई पार्टीका सबै नेता कार्यकर्ताहरुले सफल कार्यकालको बधाई तथा सुभकामना दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

