उमेश बि.क / नवलपरासी , ४ पुस
पश्चिम नवलपरासीकाे ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
नवलपरासीको सरावल गाउँपालिका स्वास्थ्य शाखालाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरले १ लाख २० हजार ३ सय ५ रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरेको हो ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनलाई मध्यनजर गर्दै माक्स,सेनिटाईजर,गलब्स,अक्सिमिटर,थर्मल गन ,थर्मामिटर , अक्सिजन कन्सिरेनट्रेट्स लगायत स्वास्थ्य सामग्री युनाइटेड मिसन टु नेपालले एक कार्यक्रम गरि सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल र स्वास्थ्यशाखा प्रमुख अाेम नरायन देवकोटालाई हस्तान्तरण गरिएको “काेभिड १९ अापतकालिन प्रतिकार्य परियाेजना” ब्यवस्थापक बालकृष्ण पाण्डेयले जानकारी दिनुभएको हाे।
युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरद्वारा सन्चालित “काेभिड १९ अापतकालिन प्रतिकार्य परियाेजना” बाट सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चकाे समन्वयमा स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको पाण्डेयले जानकारी दिनुभयो ।

काेभिड १९ काे असरबाट वच्न तथा समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको वहाँले बताउनु भएको हाे।
कोरोनाको कहरमा जतिखेर र जति बेला जुनसुकै समयमा फ्रन्ट लाइनमा बसेर कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै सहयोग गरिएको स्वास्थ्य सामग्रीबाट स्वास्थ्य संस्थाहरुलाई विभिन्न कार्य गर्न सहज हुने हुदा युनाइटेड मिसन टु नेपाललाई सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले धन्यवाद व्यक्त गर्नुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

