Rashtriya Dainik

गाेपिगन्जमा ब्यवसाय प्रबर्द्धनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु

उमेश बि.क / नवलपरासी , ४ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर २ गाेपिगन्जमा ब्यवसाय प्रबर्द्धनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे सहयोगमा तथा इन्द्रेणी सामाजिक बिकास मन्चकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट उक्त तालिम सुरु गरिएको हाे।

तालिममा प्रतापपुर गाउँपालिका वडा नं. १ देखि ९ अन्तर्गत २२ जनाकाे सहभागीता रहेको छ। तीन दिनसम्म सन्चालन हुने अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण राम नगिना गुप्ताले गर्ने रिकाेभ परियाेजना फिल्ड सुपरभाइजर बिधाता यादवले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित