बिरगंज ४ पुस
जनता समाजवादी पार्टी पर्साले पार्टी सुदृढिकरण तथा जनजागरण कार्यक्रम पर्साको पकाहामैनपूर गाउँपालिका वडा नम्बर ४ लहावर थकरीमा सम्पन्न गरेको छ । जनता समाजवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा सम्पन्न पार्टी सुदृढिकरण तथा जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य रौनियारले पार्टीलाई देशकै नमुना पार्टी बनाउनु पर्ने भएकाले जनताको मन जित्ने गरी काम गर्न पार्टीका प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाले जसपा भनेको जनताको हो महसुस हुने गरी पार्टीलाई एक ढिका गरेर अगाडी बढ्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जसपा प्रदेश समिति सदस्य गौरिसंकर साह , जिल्ला सदस्य नागेन्द्र यादव , विजय कुमार चौरसिया , क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु अध्यक्ष , त्यसैगरी पार्टीका नेता कार्यकर्ता र स्थानीय बुद्धिजिबीको उपस्तिथी रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

