उमेश बि.क / नवलपरासी ,२ पुस
पश्चिम नवलपरासीकाे ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
नवलपरासीको तीन स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाहरुहरुलाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरले १३ लाख ४८ हजार ५ सय ५२ हजार बराबरका विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरेको हो ।

सुनवल नगरपालिकाकाे अाइसुलेसन सेन्टरमा ४ लाख ७३ हजार ८ सय ५० रुपियाँ बराबरको ल्याप सामाग्री तथा विभिन्न उपकरण एवं स्वास्थ्य सामाग्री प्रदान गरिएको हाे।
त्यस्तै रामग्राम नगरपालिकामा अवस्थित पृथ्वीचन्द्र अस्पतालमा २ लाख ७१ हजार ३ सय १८ रुपैयाँ र पाल्हिनन्दनकाे ६ वटा स्वास्थ्य संस्था र पालिका गरेर ६ लाख ३ हजार ३ सय ८४ रुपैयाँ बराबरको डिजिटल थर्मल गन , मास्क ,सेनिटाइजर ,ग्लाेब्स ,ताैल जाेक्ने मेसिन लगाएतकाे सामग्री तथा उपकरण प्रदान गरिएको “काेभिड १९ अापतकालिन प्रतिकार्य परियाेजना” ब्यवस्थापक बालकृष्ण पाण्डेयले जानकारी दिनुभएको हाे।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरद्वारा सन्चालित “काेभिड १९ अापतकालिन प्रतिकार्य परियाेजना” बाट तथा सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चकाे समन्वयमा शुक्रबार स्वास्थ्य सामग्री एवं उपकरण प्रदान गरिएको पाण्डेयले जानकारी दिनुभयो ।
काेभिड १९ काे असरबाट वच्न तथा समुदायमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको वहाँले बताउनु भएको हाे।

कार्यक्रम अन्तर्गत समुदाय र स्वास्थ्य संस्थामा भएको आवश्यकतालाई पूरा गर्ने गरि स्वास्थ्य सामग्री सहयोग गरेको यु.एम.एन.का लेखा अधिकृत अप्सरा नेपालले जानकारी दिनुभयो ।
स्थानीय स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियाे।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे अायाेजनामा नवलपरासीको सात वटै स्थानीय तहकाे स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरिने युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टर टिम लिटर सब्बु तामाङले जानकारी दिनुभएको हाे ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

