३ मंसिर, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने जानकारी दिएका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । हिजो मात्रै राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेकी थिइन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।