ज्ञानेश्वर सहानी/ चितवन / ०२ पुस ।
योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवनद्वारा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम वागमती प्रदेशको चितवनमा सुरु भएको छ।
प्राथमिक उपचार हाम्रो सरोकार भने मुल नाराका साथ स्थापना कालदेखि आज सम्म देशका ७७ बाटै जिल्लाहरूमा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बताए ।

३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम योगदान राष्ट्रको लागि जिल्ला शाखा चितवनका अध्यक्ष राज सिलवालको अध्यक्षता तथा संघिय मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा (खनाल ) को प्रमुख अतिथिमा कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा योगदान राष्ट्रको लागिका केन्द्रिय अध्यक्ष ओम प्रसाद उप्रेती,अतिथिको रुपमा कार्यक्रम संयोजक एकराज दुर्लाकोटि,केन्द्रिय उपाध्यक्ष राहुल कौशल, केन्द्रिय सचिव बिष्णु भण्डारी,केन्द्रिय कोषाध्यक्ष श्याम पौडेल, केन्द्रिय सदस्य रमिला श्रेष्ठ,केन्द्रिय सदस्य ललिता अर्याल तथा योगदान राष्ट्रको लागि जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन जानुका धमलाले गरेको थिइन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

