Rashtriya Dainik

सियारीमा महिला सशक्तीकरण सम्बन्धि २ दिने प्रशिक्षण

तुलसी राम पौडेल
सियारी, पौष १

रुपन्देहीको सियारी गाउँपालिकामा महिला सशक्तीकरण सम्बन्धि २दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि शुरु भयो । संघिय सांसद विन्दा पाण्डेले कार्यक्रमको उदघाटन गर्नुभयो ।प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास ,जनप्रतिनिधिको दायित्व ,सार्वजनिक अभिव्यक्ति कला,संगठन व्यवस्थापन ,महिलाको लागि कानुन व्यबस्था सम्बन्धि प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको सहजीकरण प्रशिक्षक द्वय विन्दा पाण्डे र सिर्जना काफ्लेले गर्नुभएको थियोे ।

अनेम संघ सियारी गाउपालिका कमिटी अध्यक्ष निरु थापाको अध्यक्षता, संघिय सांसद विन्दा पाण्डेको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तुलसीप्रसाद चौधरीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य एवं सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज गुरुङ ,नेकपा एमाले सियारी गाउपालिका अध्यक्ष शेर बहादुर गुरुङ ,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

अनेम संघ सियारी गाउँ कमिटी उपाध्यक्ष देवकी खरेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन कालिन्दा चौधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित