अजय मिश्र, कपिलवस्तु
लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति झल्किने “रोधिघरमा भेटम” सार्वजनिक भएको छ । विशेष गरि यस गीत तथा भिडियोमा गाउँ समाजको यथार्थ चित्रण गरि रोधिघरमा गाईने शब्दहरुको प्रयोग गरिएको छ ।
गीतमा दर्जनौ एल्बममा मोडलिङ् गरिसक्नुभएका असिम क्षेत्री र संयौ एल्बममा मोडलिङ् गरिसक्नुभएकी चर्चित मोडल मालती घले नृत्य तथा अभिनय गर्नुभएको छ ।
आफुले मन पराएको मान्छेसंग रोधिघरमा भेटी नाचेर गाएर झल्को मेट्ने खालका शब्दहरुलाई गीतमा समावेश गरिएको छ । उक्त भिडियोमा नृत्य गरेका असिम क्षेत्री बहुचर्चित एल्बम बजाउ माया थपडि, दमिनि, रुन नपरोस्, मन प¥यो, सर्ट मुभि लगायतका थुप्रै एल्बमहरुमा अभिनय गरिसकेका छन् भने उहाँले अभिनय गरेका पञ्चे बाजा र झिमझिम परेली एल्बम छिट्टै बजारमा आउँदै छन् ।
सपना सापकोटाको निर्देशन, सुरेश भुर्तेल र सीता केसीको स्वर, रिजन बास्ताकोटिको लय, राजु गुरुङको कोरियोग्राफी, सुरेश भुर्तेलको संगीत रहेको उक्त गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ ।
https://youtu.be/xcLXMN3xl4s
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

