महेश सिंह /सिरहा लहान १ पुष – सिरहाको लहान नगरपालिकामा अबस्थित रहेको सन्साईन एजुकेसनल कन्सलटयान्सीले आधुनिक युगको विद्यार्थीहरुको भबिस्य सुनिश्चितताको प्रत्याभूति गरेका छन्।
देशमा बिदेशमा गएर भिभिन्न टेक्निकल शिक्षामा अद्द्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज रूपमा छिमेकी मुलुक भारत,जापान,बंङ्गलादेश लगायतका देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागी सिरहा,सप्तरी,धनुषा मोहोतरी र उदपुरमा सब भन्दा बढी लोकप्रीय रहेका सन्साईन एजुकेसनल कन्सलटेनसीले करिब ७ बर्ष देखि सिरहाको लहानमा रहेर देशबिदेशमा अध्ययनका लागी पठाउने गरेका छन्।
सन्साईन एजुकेसनल कन्सलटेनशी लहानले पुरानो ठाँउबाट सरेर नयाँ ठाउँमा ल्याएको छ।पुरानो ठाउँबाट हाल सिद्धार्थ बैंकको अगाडि पटीको बिल्डिङ्गमा सारीको सन्साईन एजुकेसनल कन्टसलटेन्सीका संचालक जय प्रकाश महतोले जानकारी दिनु भयो।नयाँ ठाउँमा बृहत् कार्यक्रमको आयोजना गरि संचालनमा ल्याएका छन।
सशस्त्र प्रहरी लहानका डिएसपी सुशील श्रेष्ठले प्रमुख अतिथिका असान ग्रहण गर्दै प्रमुख अतिथि श्रेष्ठले रिवन काटेर कन्सलटेनसीको उद्घाटन गरेका गर्दै सुभकामना र सफलताका कामना गरेका थिए। अतिथिहरुमा काउन्सेलर इन्जिनियर विवेक राय, कमलेश शर्मा, एम्मिसन कोडिनेटर सुनिल यादव,अनिल चौधरी,रामशंकर यादव,लगायत करिब सयौं ब्यक्तीहरुको सहभागीता रहेको थियो।

करिब ७ बर्ष देखि निरन्तर उच्च शिक्षा सम्बन्धि भारत, जापान बङ्ग्लादेश लगायत ४०० सय विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागी पठाउन सफल संस्थाको रूपमा चरचित रहेका छन्।अध्ययन पश्चात १००जना बिद्यार्थीहरुलाई कार्य क्षेत्र तिर नेपालको प्रतिस्ठित कम्पनीहरुमा काम आबद्ध गराएका सन्साईन एजुकेसनल कन्सलटेनसिका म्यानेजिङ्ग डाक्टर जय प्रकाश कुशवाहाले जानकारि दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

