Rashtriya Dainik

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएकाे चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ । 

आज बिहीवार भएकाे मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नाै सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएकाे हाे । यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पाैडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नाै र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गर्नुभएकाे छ ।     

गएकाे साेमवार भएकाे मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेकाे थियाे । 

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल, डा. शेखर कोइराला समूहबाट रिजाल र थापा, प्रकाशमान सिंहको समूहबाट शर्मा, विमलेन्द्र निधिको समूहबाट कार्की उम्मेदवार हुनुहुन्थ्याे ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएकाे हाे । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित