Rashtriya Dainik

आयुर्वेद सेवा सम्वन्धि जनप्रतिनिधि सहितको समन्वय गाेष्टी सम्पन्न

उत्तमकुमार थापा/ बझाङ

आयुर्वेद सम्वन्धि जनप्रतिनिधिहरु सहितको समन्वय गाेष्टी सम्पन्न भएको छ ।

जिल्लाकाे तलकाेट गाउँपालीकामा आज कार्यक्रम सम्पन्न भएको हाे । जिल्ला आयुर्वेद कार्यालय बझाङकाे आयाेजनामा सञ्चालन भएको एक दिने गाेष्टी तलकाेट गाउँपालीकाका जनप्रतिनिधि सहित जनसमुदाय सँग कार्यक्रम गरिएको थियाे ।

जिल्ला आयुर्वेदिक कार्यालय बझाङका प्रमुख सुर्य उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष लालबहादुर बिष्ट विशिष्ट अतिथि गाउँपालीका उपाध्यक्ष धनलक्ष्मी खत्री देउलेख प्र स का प्रमुख डाक्टर वर्षा पाैडेल सहित वडा अध्यक्षहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उमाकान्त जाेशीले बताउनु भयाे ।

तलकाेट गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा डाक्टर सुर्य उपाध्यायले आयुर्वेद सम्वन्धि जानकारी गराउनु भएको हाे भने, डाक्टर वर्षा पाैडेलले अहिलेकाे जडिबुटीले गर्ने काम र प्राथमिक उपचार बारे चर्चा गर्नु भएको हाे । गाउँपालीका अध्यक्ष बिष्टले भने ,आयुर्वेदिक अाैषधि निकै राम्रो रहेकाे छ हामीले प्रथामिक्तामा राखेका छाै । त्यसै उपाध्यक्ष खत्रीले भन्नू भयाे, बालबालिका देखि युवा बृद्वाहरुलाई याे अाैषधिले राम्रो गर्ने गरेकाे र हाम्रो पहाडी भेगमा पाईने जडिबुटी लाई पहिचान गरि स्थानीय तहले बढुवा दिने उहाको भनाइ थियाे । कार्यक्रम सञ्चालन भने जिल्ला आयुर्वेद कार्यालय बझाङका कर्मचारी मिनराज पुरीले सञ्चालन गर्नु भएको हाे । जिल्लामा रहेका धेरै स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकाे मिनराज पुरीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित