Rashtriya Dainik

प्रहरीद्वारा १ लाख ४४ हजार मुल्य बराबरको चरेसको गिलास बरामद

संजय कुशवाहा / नवलपरासी २८ मंसिर
पश्चिम नवलपरासी प्रहरीले१ लाख ४४ हजार मुल्य बराबरको चरेसको गिलास बरामद गरेको छ ।
मंगलबार बिहान भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ४४ हजार मुल्य बराबरको ३ सय ६० थान चरेसको गिलास प्रहरीले बरामद गरेको हो । उक्त अवैध सामान (चरेसको गिलास) प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ लुतपुरवा स्थितबाट बरामद गरेको हो । उक्त सामान भारतबाट भन्सार छली मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान छाडि मोटरसाईकल सहित मानिस भागेका थिए । उक्त बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित