Rashtriya Dainik

कांग्रेस सभापतिकाे दोस्रो चरणको मतदान सुरु

काठमाण्डौ – नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । अहिले दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ । भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् ।

राष्ट्रिय सभा गृहबाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता, कार्यकर्ताको भिड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभा गृहमा प्रवेश दिएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो। पहिलो चरणमा अग्रस्थानमा भोट ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

सभापतिका दुवै उम्मेदवारहरू मतदानस्थलमा हुनुहुन्छ । पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका अन्य तीन जना प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित