काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो ।
छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो ।
१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको थियो । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

