निरिक्षक संजिप बानियाको मिलोमतोमा ब्यापकरुपमा तस्करी शुरु : पटक समाचार आएपनि सशस्त्र प्रहरी प्रमुख मौन

कृष्णा यादव /बीरगंज ३ मंसिर

पर्सा प्रहरी प्रमुखले तस्करीमा कडाई गरेपछी अहिले ग्रामीण भेगमा रहेको सशस्त्र प्रहरी बिओपी र प्रहरी चौकीहरु मिलोमतोमा भिस्वामा ब्यापक रुपमा तस्करी शुरु भएको छ ।
पर्सा जिल्लाको ग्रामिण भेगमा रहेको भिस्वा नाकावाट अहिले तस्करीको अखडा बनेको छ ।सशस्त्र प्रहरीको सहयोग अहिले सो नाकावाट भन्सार छलि अवैध रुपले ५० लाखौं रुपैया भन्दा बढीको लत्ताकपडा , हाडयेवर , पटका , भैसी, तस्करी भइरहेको समाचार प्राप्त भएको छ।

त्यसतै नेपालवाट भारत तर्फ ट्याक्टरमा छोकडा , मोटर , केराउ , दालको वाफ लगाएतको सामानहरु मोटो रकमको नजराना बुझि तस्करी गराइ रहेको नाम नछाप्नने सर्तमा एकजना सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , जुत्ता चप्पल,पटका लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्रयाउने गरेपनी भिस्वामा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन।
सशस्त्र प्रहरी भिस्वा बिअोपी प्रमुख संजित बानियालाई एनि हाऊ पैसा कमाऊने अाएको हुनाले पर्सा जिल्लाको ठुलो हाकिम देखि लिएर माथिल्लो हाकिम सम्म नजराना बुझाउदै तस्करी सुचारु गराउदे अाईरहेको स्रोतले बताएका छन्।
पर्साको ग्रामीण भेगका नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी पर्साका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।
भिस्वा , सबैठवा , भिखमपुर , ठोरी नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

पर्साको भिस्वानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , पटका लगाएतको तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रमुखहरु माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

भिस्वा ,नाकाको प्रयोग गरि लत्ताकपडा , हाडयेवर, पटका , बिष्फोटक पदार्थ सामानहरु पर्साको पोखरिया बजार, रङ्गपुर , मानवा , बढनियाहार लगाएतको ग्रामीण भेगको बजारहरुमा पुर्‍याउने गरेको स्थानियहरुले बताएका छन् ।

भिस्वा नाकावाट अवैध रुपले लाखौंको रुपैयाको राज्शव छलि गरि नेपालमा भित्राएको कारणले वीरगंज भन्सारको लक्ष्य अनुसार राजशव नउठाउने सकेको एक जना अधिकारीले बताएका छन् ।यस्ता गतिविधि भएपनि पर्सा जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका चुपलागेर बस्नुको कारण उहा माथि प्रशन खडा भएको स्थानियहरुले बताए ।

सशस्त्र प्रहरी२ नम्बर प्रदेश प्रमुख केभी ब्रहम्चार्याले पटक पटक अनुगमन गरेपनि सिमानाका भइरहेको तस्करी रोक्न नसकेको स्थानीयहरुbले बताएछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot