Rashtriya Dainik

कांग्रेस सभापतिमा आजै दोस्रो चुनाव, यस्तो हुन सक्छ हारजितको अंकगणित

काठमाडौं / २८ मंसिर
पहिलो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला दुवैले ५१ प्रतिशत मत ल्याउन असफल भएपछि आजै दोस्रो चरणको चुनाव हुने भएको छ।

त्यसका लागि अहिले राष्ट्रियसभा गृहमा निर्वाचन समितिको बैठक बसिरहेको छ।

त्यसका लागि कांग्रेसको निर्वाचन समितिले तयारी थालेको छ। पहिलो चरणमा सबैभन्दा धेरै २२५८ मत ल्याएका शेरबहादुर देउवा र १७२९ मत ल्याएका डा. शेखर कोइरालाबीच अब प्रतिस्पर्धा हुनेछ। 

यस्तोमा अब तेस्रो, चौथो र पाँचौँ नम्बरका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन्। 

यी तीनजनाले यदि शेखरलाई सघाएमा विजयी हुन सक्छन्। तर यी तीनमा विमलेन्द्र या प्रकाशमानले सघाएमा मात्रै देउवा विजयी हुन्छन्। 

यी तीनमा प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्रको पक्षमा २४९ र कल्याण गुरुङलाई २० मत झरेको छ।

यस्तो अवस्थामा तीनैको मत जोड्दा ६४० हुन आउँछ। शेखरले ल्याएको १७२९ सँग यो मत जोड्दा  २३६९ हुन आउँछ। यो भनेको करिब ५१ प्रतिशत मत हो।

तर देउवाले २२५८ मत ल्याएकाले दोस्रो चरणमा विमलेन्द्र या प्रकाशमानलाई तानेमा जित्न सक्छन्। देउवाको मतमा प्रकाशमानको ३७१ जोड्ने हो भने २६२९ हुन आउँछ। 

अर्कातिर २४९ मत ल्याएका विमलेन्द्रले साथ दिँदा पनि देउवाको पक्षमा २५०७ हुन आउँछ। तर यो अंकगणितीय हिसाब अनुसार महाधिवेशन प्रतिनिधि मत दिन तयार नहुन पनि सक्छन्।

इतर समूह फुट्दा पनि शेखरले पहिलो चरणमा देउवालाई रोक्न सकेकाले उनी उत्साहित देखिएका छन्।

देउवाप्रतिको असन्तुष्टिलाई तान्दै विमलेन्द्र र प्रकाशमानलाई मनाउन सके भने उनले देउवालाई दोस्रो चरणमा हराउन सक्छन्। 
 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित