Rashtriya Dainik

४१७४ मत गणना गर्दा देउवाले १९९५

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना गर्दा देउवाले १९९५ पाएका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित