Rashtriya Dainik

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६५ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।

प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले पुनः मतदानको संकेत गरेको दाबी गरेका छन्, तर देउवालाई बहुमतका लागि अपुग मत धेरै नभएकाले संस्थापन पक्षका नेताहरु भने पहिलो चरणमै जित्ने आशामा छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित