कृष्णा कुशवाहा
मंसीर २७
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का चार प्रभावशाली नेता जसपा प्रतियाग गरी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमालेमा प्रवेश गरेका छन् ।
जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया , धामु शर्मा , सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी , जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अजोध्या कुर्मी लगायतका व्यक्तिले नेकपा एमालेका केन्द्रीय सदस्य , सबिधान सभा सदस्य तथा पर्सा जिल्ला सह इन्चार्ज राजकुमार गुप्ताको नेतृत्वमा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेमा नयाँ पुरानो भनेर विभेद नगरिने आश्वासन दिँदै महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता जनाए ।
पार्टी प्रवेश गर्दै रामबाबु चौरसियाले मधेशी दल लुटेराको , भ्रस्टचारीको पार्टी भएको भन्दै अब त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा , पालिका कमिटी अध्यक्ष अकलेश साह , युवा संघ सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम , पालिका कमिटी सचिव राजेश सहनी , ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल , युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा , स्काउट गाउँपालिका अध्यक्ष भग्वानलाल पटेल लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

