तुलसी राम पौडेल
सियारी, मंसिर २६
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित शुद्दोधन बचत तथा ॠण सहकारी सस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भयो ।नेपाल बचत तथा ॠण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले उक्त साधारण सभा तथा अधिवेशनको उदघाटन गर्नुभयो ।साथै सस्थाको नव निर्मित भवनको रिबन काटेर उदघाटन गर्नुभएको थियो ।सो अवसरमा बोल्दै उहाले सहकारीले शेयर सदस्यहरुको जीवन स्तर परिवर्तन गर्न सस्थाले शेयर सदस्यहरुलाई उद्दम शिलतासग जोड्नुपर्ने बताउनु भयो।साथै सस्थालाई प्रविधि सग जोडी शेयर सदस्यहरुलाई डिजिटल प्रविधिबाट कारोबार गर्न लगाउनुपर्नेमा जोड दिनु भयो ।सम्पन्न १४ साधारण सभा तथा छैटौं अधिवेशनले मिननाथ शर्माको अध्यक्षमा सर्वसम्मत संचालक समितिका पदाधिकारीहरु निर्वाचित भएका छन् ।जसको उपाध्यक्षमा कृष्ण प्रसाद नेपाल ,सचीव टंक नारायण आचार्य ,कोषाध्यक्ष लाल बहादुर घर्ती क्षेत्री ,सह सचीव शिवलाल आचार्य सर्वसम्मत भएका छन् ।त्यसै गरि,सदस्यहरुमा दिपक बहादुर शाही ,राजुु क्षेत्री ,ॠषिराम न्यौपाने ,सन्तोष गुप्ता भुज ,सुरेन्द्र प्रसाद गुप्ता ,देवी सापकोटा ,सुमन रावल ,दिपेश अर्याल सर्वसम्मत भएका छन् ।लेखा समिति संयोजक हरि प्रसाद न्यौपाने ,सदस्यहरुमा अर्जुन प्रसाद भण्डारी र अर्जुन उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् ।
सस्थाको शेयर पूजी रु ५ करोड १७ लाख ७२ हजार ५०० भएको छ भने बचत १३ करोड ५१ लाख ३३ हजार ४०९ रुपैयाँ ६ पैसा र ॠण लगानी रु १८ करोड ७२ लाख ९५ हजार २सय ४७ रुपैया रहेकोे छ।
यस सहकारीमा २०३७ शेयर सदस्यहरु रहेका छन् जस अन्तरगत ११६४ जना पुरुष र ८७३ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा सहकारीले कारोबारबाट १ करोड ६० लाख १हजार ८८ रुपैयाँ ३४ पैसा शुद्ध नाफा गरेको छ। यस सस्थाले शेयर सदस्यहरुलाई शेयर पूजिको १५% लाभांश बाडेको छ। सस्थाले सदस्यहरुलाई थप सेवा प्रदान गर्नका लागि गत आर्थिक वर्षदेखि नै सस्थाको आफ्नै शुद्दोधन स्मार्ट मोबाइल बैन्किङ्ग एपस संचालन गरि सदस्यहरुलाई बिद्दुतीय माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको छ।
सस्थाले असल कारोबारी यमनारायण गौतम ,टीका बहादुर थापा ,पारेश्वर खनाल ,गणेश प्रसाद बनिया,जंग बहादुर क्षेत्री,सीता गौतम ,प्रेम नारायण अर्याल ,मुलचन्द गुप्ता ,शेषकान्त रिजाल ,लक्ष्मी देवि अर्याल ,गङ्गा बहादुर रानाभाट लाई सम्मान गरेको छ।
त्यसै गरि सस्थाका उत्कृष्ट कर्मचारीको रुपमा प्रबन्धक सुमन घिमिरे र बजार प्रतिनिधि पेनिदास परियारलाई सम्मान गरेको छ।
सस्थाले शेयर सदस्य सन्तति उत्कृष्ट विद्यार्थी अमिसा खनाल ,राकेश कुमार बनिया, विनिता नेपाली ,विबेक खनाल ,विशाल रेग्मी र शिल्पा ज्ञवाली लगायतलाई सम्मान गरेको छ।
निवर्तमान अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता, नेपाल बचत तथा ॠण सहकारी संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता, प्रदेश कृषि सामाग्री कार्यालय भैरहवाका प्रमुख पुण्यप्रसाद उपाध्याय र नेपाल बचत तथा ॠण केन्द्रिय सहकारी संघ फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र धमलाको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष झपेन्द्रराज अर्यालबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।त्यसै गरि सस्थाका निवर्तमान कोषाध्यक्ष कृष्ण नेपालबाट आर्थिक प्रतिवेदन र ,लेखा संयोजक केशवराज अर्यालबाट लेखाप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाका निवर्तमान उपाध्यक्ष रामपाल यादवबाट स्वागत मन्तव्य र निवर्तमान सचीव रामजी प्रसाद सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष एवं सल्लाहकार अजय अधिकारी,पुर्व अध्यक्ष तथा सल्लाहकार मानबहादुर क्षेत्री,समीप बचत तथा ॠण सहकारीका अध्यक्ष माधव नेपाल ,सियारी वाड नम्बर ७ का कार्यवाहक अध्यक्ष लक्ष्मी विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साधारण सभा तथा अधिबेशनको निर्वाचन मण्डलको संयोजकमा शेषनारायण अर्याल ,सदस्यहरुमा मथुरा यादव र यज्ञराज आचार्यले भुमिका खेल्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

